भत्कनुका कारणहरु

काष्ठमण्डपबाट भग्नावशेष ठूला मेशिनले पन्छाउँदा भूकम्पबाट बचेको सतहहरु र जग पनि बिगारी दिएको अनुसन्धान टोलीले पहिचान गरेको थियो ।

काष्ठमण्डपको जग ईटा माटोको जोडाईमा बनेकाले कम्पमा लचकदार हुने हुँदा दुई मिटर गहिरो ईटाको जग पर्खालमा भूकम्पले कुनै पनि दरार वा क्षति पुर्र्याउन सकेन ।

काष्ठमण्डपको दक्षिण पश्चिमतर्फको ढुंगाको इंलोह र इटाको थुप्रो। (फोटोः दूरहाम यूनेस्कोका अध्यक्ष)

भूकम्पपछिको आकस्मिक उद्धारको क्रममा प्रयोगभएको मेशिनरीद्वारा टाईल छापिएको सतहमा कोतरेको अवस्था । (फोटोः दूरहाम यूनेस्कोका अध्यक्ष)

भूकम्पछिको आकस्मिक उद्धार कार्यगर्दा प्रयोग गरिएको ठूला मेसिनको कारणले काष्ठमण्डपको जग जीर्ण भएको दृश्य। (फोटोः दूरहाम यूनेस्कोका अध्यक्ष)

करिब २० मिटर उचाई रहेको काष्ठमण्डपलाई अड्याउनको लागि दुई मिटर उचाईको ईटाको जगमाथि चार कुनामा चारवटा ढुंगामाथि काठका चारवटा मुख्य स्तम्भहरु एक अर्कासँग तालमेल हुनेगरी बनाइएको थियो । यद्यपि, काष्ठमण्डपको भग्नावशेष हटाउने क्रममा यसको उत्तर पूर्वतिरको विछ्याइएको टाइलमा ढुंगाको वास्तुअंश देखिएन ।

पुन प्राप्त भएको काष्ठमण्डपको उत्तरपूर्वको ढुङ्गा(इलोह) (फोटोः दूरहाम विश्व विद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

टाइलको सतह हटाउने वित्तिकै त्यसको तल ढुंगाको वास्तुअंश भेटियो जुन क्षतिग्रस्त नभएको ईटाको गारोमाथि थियो । उत्तर पूर्व रहेको काठको मुख्य स्तम्भको कुहिएको तल्लो भाग सन् १९६० तिर संरक्षण गर्नु पूर्व नै क्षतिग्रस्त भएको तथ्य पहिचान गरियो । दुर्भाग्यवश सम्पूर्ण स्तम्भलाई फेरेर तलको इँलोहमा अड्काउनुको सट्टा स्तम्भको तल रहेको ढुंगालाई ईटाले छोपी संलग्न संरक्षण अधिकारीले टालटुले जोखिमपूर्ण काम गरेको देखिन्छ ।

काष्ठमण्डपको उत्तरपूर्वको चूकुल नभएको काठको कुहिएको स्तम्भ (फोटोः दूरहाम विश्व विद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

काष्ठमण्डप पूर्णरुपमा ध्वस्त हुनुको महत्वपूर्ण कारण यही थियो किनभने यही कारणले संरचनाका महत्वपूर्ण अंशलाई खडा मात्र गरियो र क्षति नहुँदै मजवुत जगसँग संरचना जोडिन सकेन ।

काष्ठमण्डपको संरचना र जगलाई जोडने मौलिक जडानको पुनर्निर्माण । (फोटोः एनी जोशी)

काष्ठमण्डपको भग्नावशेषबाट प्राप्त व्यातिmगत सामाग्रीहरु । (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

काष्ठमण्डपको इतिहास पुनर्निर्माण

हामीहरुले भूकम्पपछि उत्खनन् गर्नु पूर्व काष्ठमण्डपको अभिलेखीकरण उभिएको संरचना र परम्परा मार्फत गरिएको थियो । परम्परागत हिसावले यसलाई १२ औं शताब्दीमा निर्माण भएको भनिएको थियो । साथै गोरखनाथको मूर्ति सन् १३७९ तिरको रहेको तिथि निर्धारण गरिएको थियो।

काष्ठमण्डपको Architectural elevation नक्सामा २०१५ को उत्खनन् पछी जगको नक्सा सहित (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

काष्ठमण्डपको जगको वैज्ञानिक तिथि निर्धारण स्टर्लिङ्ग विश्वविद्यालयको प्रयोगशालाबाट आएपछि काष्ठमण्डप आरम्भिक सातौ र नवौ शताब्दीमा वनेको सूचना प्राप्त भएको छ जुन पहिला भनिएको भन्दा धेरै वर्ष अगाडि बनेको थियो।

काठमा गरिएको तिथि निर्धारणले ११देखि १२ औ शताब्दीको विचमा काष्ठमण्डपमा व्यापक रुपमा पुनर्निर्माणको कार्य भएको देखिएको छ । यस तथ्यले कसरी, स्मारकहरु समयक्रममा बनाईन्छ र पुन: विकास गरिन्छ भन्ने स्पष्ट भए पछि यो संरचनाको क्रमागत पुनर्निमाण यो स्मारकको उद्भभव कालदेखिनै भएको अनुमान गर्न सकिन्छ ।

काठको वैज्ञानिक तिथि निर्धारण गर्दा सिंहको मुख भएको स्तम्भको माथिल्लो भाग पाँचौ देखि छैठौ शताब्दीको भएको प्रमाणित भएको छ । काष्ठमण्डपको निर्माण हुनु भन्दा पहिलाको यो सिंहको मुख भएको काठको थाम या त काष्ठमण्डपको नजिकै रहेको कुनै पहिलेको सम्पदाको भाग हुनुपर्छ वा काष्ठमण्डपकै पुरानो संरचनाबाट निकालिएको भागमा पुन: कारिगरी गरिएको पनि हुनसक्छ भन्ने सम्वन्धमा हामीसँग कुनैपनि पुरातात्विक प्रमाणहरु छैनन् ।

यस्ता आरम्भिक गतिविधिहरुबाट आश्चर्य हुनु पर्दैन किनभने पाँचौ देखि आठौ शताब्दीसम्मका लिच्छवि अभिलेखहरुको प्राप्तिबाट काठमाण्डौ उपत्यकामा बसोबासको इतिहास स्पष्ट हुन्छ । त्यसै गरी भू- पुरातात्विक अनुसन्धानले काष्ठमण्डप क्षेत्रमा इ.पू.१०५० देखि नै मानव गतिविधि शुरु भएको र काठमाण्डौ उपत्यकाको वातावरणीय परिवर्तनको साथै ग्रामीण बनौटबाट शहरी बनौटमा परिवर्तन भएको पनि पहिचान गरेको छ।

काष्ठमण्डपको जगको नजिकै उत्खनन् र अभिलेखन गरिदै । (फोटोः दूरहाम यूनेस्कोका अध्यक्ष)

रेडियो कार्वन तिथि निर्धारणका लागि काष्ठमण्डपका काठहरुबाट निकालीएका नमुना (फोटोः एनी जोशी)

रेडियो कार्वन तिथि निर्धारण गर्दा पाँचौ देखि छैठौ शताब्दीको वीचमा तिथि निर्धारण भएको काठमा बुट्टा कुँदिएको सिंहको शीर। (फोटो साभार: नेपाल सरकार, पुरातत्व विभाग)

काष्ठमण्डपको विकासका महत्वपूर्ण घटनाक्रम

काष्ठमण्डपको जगमा दोहोरो पर्खालले निर्मित नव कोष्ठ भएको मण्डल र थामको आधार पर्खाल ( फोटो : दूरहाम यूनेस्कोका अध्यक्ष)

संस्कृत ग्रन्थहरुमा फरक फरक खण्डहरुमा फरक फरक खालको माटो राखिएको बारे विवरण उल्लेख भएको हुँदा मूर्त सांस्कृतिक सम्पदासँग अमूर्त अभ्यासको वैज्ञानिक सम्बन्धको पहिचान गर्न माटोमा रासायनिक समिश्रणको विश्लेषण गर्ने कार्य शुरु भयो ।

उत्तरपूर्वी ढुंगाको इँलोहबाट प्राप्त भएको मण्डला स्वरुपको सुनको पाता (फोटो: दूरहाम यूनेस्कोका अध्यक्ष)

संरचनाको मजवुतीको सुनिश्चितता गर्दै पवित्र विश्व वा मण्डललाई प्रतिनिधित्व गर्नेगरी काष्ठमण्डपको निर्माण योजना बनाइएको थियो । जसमा पर्खालहरुबाट नौवटा कोष्ठाकार संरचना बनाई त्यसको केन्द्रिय कोष्ठभित्र पुनः अर्को नौवटा कोठा मण्डल काष्ठमण्डपको मध्यमा भएको गोरखनाथ मन्दिरको ठिक तल बनाइएको पाइयो ।

काष्ठमण्डपबाट लिईएको माटो नमूना (फोटोः स्टर्लिङ्ग विश्वविद्यालय)

काष्ठमण्डपको भग्नावशेषबाट सबै सामग्रीहरु यथोचित रुपमा अभिलेखित गर्दै जाँदा यसको निर्माण समयमै राखिएको ‘मण्डल’ स्वरुप कुँदिएको सुनको गोला पाताहरु चारै कुनाको ढुंगाको प्वालमा प्राप्त भए । यी चारवटा कुनाका ढुंगामाथि राखिएका सुनका मण्डलहरु पूजा गरी सम्पदाको उन्नति र कल्याणको लागि राखिएका थिए ।

हाम्रो पाइतालामुनि सम्पदा

जी.पी आर सर्भेबाट स्मारक वरिपरि ईटा छापिएको सतहमुनि प्राचीन निर्माणका अवशेषहरु भए नभएको जान्न सकियो । स्मारक क्षेत्रका भग्नावशेष भएका ठाउँमुनिका प्राचीन अवशेष र आधुनिक पाइपलाइनलाई राडारको संकेतले पहिचान गर्र्यो ।

यसको मद्दतबाट पुरातात्विक जोखिम नक्सा पनि तयार गर्न सकियो जसले भविष्यमा संरक्षित स्मारक क्षेत्रहरुमा विकास निर्माण र मर्मत संभारका कार्यलाई दिशानिर्देश गर्नेछ ।

भक्तपुर दरवार प्राङ्गणमा जी.पी. आर. (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

भक्तपुर दरवार प्राङ्गणको सतहभन्दा १.१ मिटर तलको जी.पी. आर. सर्वेक्षणले बनाएको नक्सा (फोटो: आरमिन स्मीथ र दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

जी.पी. आर. सर्वेक्षणको नतिजाबाट तयार गरिएको पुरातात्विक जोखिम नक्सा, भक्तपुर दरवार (फोटो सभारः आरमिन स्मीथ र दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

भक्तपुर दरवार प्राङ्गणमा जी.पी. आर. सर्वेक्षण गर्दा प्राप्त भएको सबभन्दा महत्वपूर्ण उपलब्धि सन् १९३४ मा भत्किएको लामपाटीको जग हो जुन तह तहका छापिएका इटाले छोपिएको थियो।

भक्तपुर दरवार प्राङ्गण मा उत्खननको क्रममा जमिनको सतहको तल्लो भागमा प्रकाशमा आएको पर्खाल -फोटो: दूरहाम यूनेस्कोका अध्यक्ष)

भक्तपुर दरवार प्राङ्गणमा दाँयातर्फ देखिएको लामपाटीको दृश्य रजिमान सिंह१७९७-१८६५ द्धारा चित्रित ब्रायन हडसन (१८००-१४९४) को संकलन । (फोटो साभार: रोयल यसियाटिक सोसाईटी,प्राप्ति संख्या ०२२-०४२)

भिक्षूहरु भक्तपुर दरवार परिसरमा जमिनमुनि उद्धघाटित प्राचीन इटा छापिएको ठाउँ नजिकै हिडिरहेको दृश्य (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

जी.पी. आर. सर्वेक्षण र लक्षित उत्खननले हनुमानढोका र पाटनदरवार प्राङ्गणमा पहिला जानकारी नआएको सतहमुनिको सम्पदाको वारेमा जानकारी पाउनुका साथसाथै चाँगुनारायण प्राङ्गणमा समेत त्यस्तै सम्पदाहरु देखिएका छन्।

हनुमानढोका दरवार परिसरको त्रैलोक्यमोहन मन्दिरको तल्लो भागको नजिकै तलतिर राखेको उत्खननको क्रममा भेटिएको आरम्भिक संरचना । ( फोटो : दूरहाम यूनेस्कोका अध्यक्ष)

ईटा छापिएको सतहभन्दा तल भेटिएको संरचनाको अभिलेखीकरण गरिदै, भक्तपुर दरवार (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

हनुमानढोका दरवार प्राङ्गणमा रहेका गोपिनाथ र जगन्नाथ मन्दिरको वीचमा उत्खनन् बाट प्रकाशमा ल्याईएको फरक नयाँ पर्खालको लहर । (फोटो : दूरहाम यूनेस्कोका अध्यक्ष)

माजुदेग मन्दिरको तल्लो भागमा प्राप्त भएको फरकलहरमा भएको आरम्भिक संरचना ( फोटो: दूरहाम यूनेस्कोका अध्यक्ष)

हनुमानढोका दरवार प्राङ्गणको दक्षिणदिशामा रहेको जैसिदेवल मन्दिरको नजिकै जमिनको सतहमुनि विभिन्न समयमा वनेका संरचनाहरु । (फोटो: दूरहाम यूनेस्कोका अध्यक्ष)

चाँगुनारायण मन्दिर परिसरको जमिनको सतहमूनि प्रकाशमा आएको पर्खाल र इटा विच्छाइएको सतह (फोटो: दूरहाम यूनेस्कोका अध्यक्ष )

Item 1 of 6

भुकम्पिय सुरक्षा

भूकम्पपछि काठमाडौंमा गरिएको स्थलगत अध्ययनबाट धेरै क्षेत्रका विधासँग थप सहकार्य गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट भएको छ । अहिले हामीले पुरातत्वविद्, भूपुरातत्वविद् र वास्तुकलाविद् विच समन्वय गरी भूप्रविधि, संरचनाविद्, त्रिआयामिक संरचना देखाउन सक्ने विज्ञ र समाजशास्त्रीहरुलाई समायोजन गरी एकअर्कालाई जोड्ने नयाँ विधि बनाएका छौं ।

चाँगुनारायण मन्दिर परिसरमा जी.पी.आर सर्वेक्षण गरिदै। (फोटो : डाँ आरमिन स्मिथ)

हाम्रा नयाँ मार्गदर्शक विधिलाई ‘सहर र पूर्वाधारहरु’ योजना अन्तर्गत “काठमाडौंको ऐतिहासिक संरचनामा भूकम्पीय सुरक्षाको मूल्यांकनद्वारा जीवन र जिविकाको खतराको न्यूनीकरण” (Cl170241) परियोजनाका लागि British Academy को Global Challenges Fund ले प्रायोजित गरेको थियो । यो कार्यको उद्देश्य काठमाडौं विश्व सम्पदा स्थलमा रहेका ऐतिहासिक शहरी संरचनाहरुको आंकलन र मूल्यांकन गरी काठमाडौंको वास्तुकला, ऐतिहासिक प्रामाणिकता, परम्पराहरु र जीविकाको संरक्षण गर्दै भूकम्पीय सुरक्षामा सुधार गर्नु थियो ।

जैसिदेवल Drill गरी प्वाल बनाउनु पूर्व सो ठाउँमा उत्खनन् हुँदै (फोटो : दूरहाम यूनेस्कोका अध्यक्ष)

यो टोलीले सर्वप्रथम जी.पी.आर. सर्वेक्षणबाट सम्भावित पुरातात्विक लक्षणहरु पहिचान गर्नुका साथै उत्खननबाट काठमाडौं उपत्यकाको आरम्भिक प्रामाणिक ऐतिहासिक बसोबासका चरणहरु अभिलेखीकरण गरेको थियो । त्यसपछि मात्र जमिनको गहिराईसम्म Drill गरिएको थियो । यदि यसो नगरिएको भए जमिनको सतहमुनि रहेका वहुमूल्य ऐतिहासिक प्रमाणहरु नाश हुने थिए । Drill गरेर निकालिएको माटोले स्मारक ठडिएका जमिनको सतहमुनि रहेको माटोको तहको मजवुति बारे थाहा पाउन सहज भयो । साथसाथै यी ठाउँमा यसले नमूना भूकम्पको गति बुझ्न पनि सहयोग गरेको थियो ।

संरचना सम्बन्धी इन्जिनियरहरुद्वारा चाँगुनारायण मन्दिरको संरचना पक्षको विश्लेषण गर्दै ( फोटो : दूरहाम यूनेस्कोका अध्यक्ष)

यो सूचनालाई अहिले ऐतिहासिक निर्माण पद्धतिलाई आंकलन गर्न र प्रयोग भएका सामग्रीहरुको विश्लेषण र माथिको संरचनाहरुको जगसँगको सम्बन्ध बुझ्नको लागि प्रयोग गरिदैछ । धेरै ऐतिहासिक स्मारकहरुको योजना अधुरो रहेको छ या २०१५ को गोरखा भूकम्पभन्दा पहिलेको केही पनि सूचनाहरु उपलब्ध छैनन् । तर अब ऐतिहासिक फोटोग्राफ र जनमानसबाट प्राप्त गरेका प्रमाणहरुबाट त्रिआयामिक (घम्) संरचनाहरु तयार गरिदैं छ ।

हनुमानढोका दरवार प्राङ्गणमा समुदायहरुलाई अनुसन्धान सम्वन्धमा जानकारी गराईदै । (फोटो : दूरहाम यूनेस्कोका अध्यक्ष)

 स्थानीय बासिन्दा, सरोकारवालाहरु, कलाकर्मी, पर्यटन व्यवसायी, व्यापारीहरु र पर्यटकहरुबाट प्राप्त जानकारीका आधारमा परम्परागत खरिद प्रकृया, निर्माण, सम्पदामा रहेका सामग्रीको पुनः प्रयोग, मर्मतको नक्सांकन एवं प्रवर्द्धन गर्दै समुदायमा तिनीहरुको मान्यताको साथसाथै पर्यटकले बिताउने समय र उनीहरुको ऐतिहासिक स्थलप्रति हुने व्यवहार बारे छलफल गरिदैं छ ।

चाँगुनारायण मन्दिर परिसरमा जी.पी.आर सर्वेक्षण गरिदै। (फोटो : डाँ आरमिन स्मिथ)

चाँगुनारायण मन्दिर परिसरमा जी.पी.आर सर्वेक्षण गरिदै। (फोटो : डाँ आरमिन स्मिथ)

जैसिदेवल Drill गरी प्वाल बनाउनु पूर्व सो ठाउँमा उत्खनन् हुँदै (फोटो : दूरहाम यूनेस्कोका अध्यक्ष)

जैसिदेवल Drill गरी प्वाल बनाउनु पूर्व सो ठाउँमा उत्खनन् हुँदै (फोटो : दूरहाम यूनेस्कोका अध्यक्ष)

संरचना सम्बन्धी इन्जिनियरहरुद्वारा चाँगुनारायण मन्दिरको संरचना पक्षको विश्लेषण गर्दै ( फोटो : दूरहाम यूनेस्कोका अध्यक्ष)

संरचना सम्बन्धी इन्जिनियरहरुद्वारा चाँगुनारायण मन्दिरको संरचना पक्षको विश्लेषण गर्दै ( फोटो : दूरहाम यूनेस्कोका अध्यक्ष)

हनुमानढोका दरवार प्राङ्गणमा समुदायहरुलाई अनुसन्धान सम्वन्धमा जानकारी गराईदै । (फोटो : दूरहाम यूनेस्कोका अध्यक्ष)

हनुमानढोका दरवार प्राङ्गणमा समुदायहरुलाई अनुसन्धान सम्वन्धमा जानकारी गराईदै । (फोटो : दूरहाम यूनेस्कोका अध्यक्ष)

Web scraped Imagery बाट तयार हनुमानढोकाको 3d आकृति (फोटो : प्रो. एनड्रीउ विल्सन र वाडफोर्ड विश्वविद्यालय)

चाँगुनारायणमा पुरातात्विक उत्खनन् पछि भूप्रविधिद्वारा सानो प्वाल बनाई गर्दै (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

त्रिभूवन विश्वविद्यालयका विद्यार्थीहरु समुदायको संलग्नता सम्बन्धी सर्वेक्षण गर्दै (फोटो: दूरहाम यूनेस्कोका अध्यक्ष)

Item 1 of 3

जोखिमा सम्पदा

भक्तपुर दरवार प्राङ्गण भित्र भूकम्पले क्षति पुर्र्याएका संरचनाहरु । (फोटो: दूरहाम यूनेस्कोका अध्यक्ष)

दक्षिण एसियाका सम्पदाहरुमा भूकम्प जस्ता प्राकृतिक प्रकोप एवं बढ्दो विकास निर्माण र द्वन्दहरुको कारणले धेरै किसिमका चुनौतिहरु बढी रहेका छन् । सांस्कृतिक सम्पदाहरुको प्रचार प्रसार र प्रवर्द्धनबाट सरोकारवालाहरु र स्थानीय समुदायलाई हुने सामाजिक र आर्थिक लाभ पनि स्पष्ट रुपमा देखिदै छ । यो जटिल विषय हो र स्थानीय समुदाय र अनुसन्धानकर्ता, सम्पदा व्यवस्थापक, सरकारी प्रशासन विचको समन्वयको कमीले सम्पदास्थलको प्रचार प्रसार र संरक्षणलाई विकास निर्माणका कार्यक्रममा समाविष्ट नगरिनुले यसबाट हुनसक्ने लाभलाई चुनौति दिइरहेको छ ।

जोखिममा सम्पदा २०१७ कार्यशालामा समूह छलफल । (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

यो कार्यशाला गोष्ठीले प्रत्यक्षरुपमा विपत्तिपछिको पुरातात्विक प्रतिक्रिया सम्बन्धी विषयमा खासगरी मानवीय र सांस्कृतिक विनासको बेला र त्यसपछि सम्पदाहरुको संरक्षण कसरी गर्न सकिन्छ भनि सम्वोधन गरेको थियो । यो कार्यशाला गोष्ठीले विविध विषयका प्राज्ञ, अभ्यासकर्ता, स्थानीय सरोकारवाला, प्रशासक र भूकम्पपछि पहिलो उद्धारमा लाग्ने समूहहरुलाई एकै ठाउँमा जुटाई संजाल तयार गर्र्यो । यस कार्यशालाका सहभागीहरुले प्राकृतिक विपत्ति र अन्य खतराको बेला सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनर्स्थापना सवलीकरणका लागि प्रस्ताव पारित गरेको थियो ।

नेपाल सरकार, पुरातत्व विभागको विद्यमान २०७२ को भूकम्पछिको पुनर्स्थापना मार्गदर्शनलाई पुनःदोहर्याउँदै यो प्रस्तावले नेपालमा भएका सम्पदा स्थलहरुले सामना गरिरहेका चुनौतिसँग लड्नुको साथै दक्षिण एसियाली देशमा भएका सम्पदाहरुको समुचित संरक्षणतर्फ उन्मुख गराउने छन् ।

जोखिममा सम्पदा २०१७ कार्यशाला छलफलमा सहभागी हुँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय सरोकारवालाहरु (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

यस्ता किसिमका खतरा र चुनौतिको बारेमा चेतना जगाउन हामीहरुले जोखिममा सम्पदाहरु २०७४ “दक्षिण एसियामा रहेका सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनर्स्थापनाको बाटो” विषयक अन्तराष्ट्रिय कार्यशाला गोष्ठी २०७४ भाद्रमा बेलायतको कला तथा मानविकी अनुसन्धान परिषद् र Global Challenges Research Fund को आर्थिक सहयोग र दुरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी प्रध्यापक, नेपाल सरकार पुरातत्व विभाग, इकोमस नेपाल र यूनेस्को काठमाडौंको संयोजनमा गरेका थियौं ।

"सम्पदा जोन्धिममा२०१७" सम्बन्धि काययशालामा अन्तरराविय प्रविवनविहरु ( दुरहामका यूनेस्को सम्बन्धि अध्यक्ष )

यी प्रस्तावहरुमा विविध विषयसँग सम्बन्धित विज्ञहरुद्वारा अनुसन्धान मार्फत भत्किएका सम्पदाहरुको जगको मूल्यांकन गर्ने कुरा समावेश गरिएको छ । कार्यशाला गोष्ठीमा भूकम्पीय मजवुति अनुसन्धनको विषयमा सम्पदाको जग क्षति नभएको अवस्थामा जस्ताको तस्तै राख्नु पर्ने सुझाव सहभागीहरुले दिएका थिए । साथसाथै सहभागीहरुले ऐतिहासिक स्थलको जमिनको सतहमुनि कुनै पनि हस्तक्षेप गर्नु पूर्व पुरातात्विक अनुसन्धान हुनु पर्नेमा जोड दिएका थिए । यो कार्यशाला प्रस्तावले दक्षिण एसियाली विज्ञहरु र विपत्तिको समयमा पहिलो पटक उद्धारमा लाग्नेहरुको संजाल विकास गर्ने र प्राकृतिक, सांस्कृतिक विपत्ति र द्वन्दको बेला सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्स्थापनाको लागि तत्कालै परिचालन गर्ने कुरामा जोड दिएको थियो ।

पुरातत्वः विगत, वर्तमान र भविष्यका लागि

यदि दुत गतिमा काष्ठमण्डपको पुनर्निर्माण कार्य शुरु भयो भने भग्नावशेषमा भएका धेरै कुराहरु नाश हुन्छन् भन्ने उद्देश्यसहित काष्ठमण्डपको इतिहास र विविध पक्षको बारेमा जानकारी लिन हाम्रो अनुसन्धान टोलीले कलाका सामग्री र अन्य नमूनाहरुको निरन्तर अनुसन्धान गरिरहेको छ । स्मारकहरु भूकम्पीय जोखिममा छन् अनि त्यस्ता प्रकोपप्रतिको प्रतिकृया पनि उत्तिकै खतराजन्य छ भन्ने पुरातात्विक अनुसन्धानबाट स्पष्ट भयो ।

जसरी मानवीय उद्धारको प्रयास महत्वपूर्ण छ, त्यसैगरी प्रकोपपछि स्मारकहरुको संरक्षण गर्नु र ऐतिहासिक सामग्रीहरु जोगाउनु उत्तिकै महत्वपूर्ण हुन्छ । यो क्षमताको विकास गर्न अनुसन्धान टोलीले भत्किएको स्मारकमै गई प्रयोगात्मक अभ्यास गराएको थियो ।

काठमाडौंमा गरिएको स्थलगत कार्यले पुरातात्विक उद्धार अनुसन्धानले पहिले थाहा नपाएको स्मारकको उल्लेखनीय इतिहास बारे प्रष्ट पार्न सक्दछ र स्मारक भत्कनुको यथार्थ विवरण दिन सक्छ भन्ने कुरा स्पष्ट पारेको छ । साथै यसले पुरातत्वविद्ले भूकम्प पछिको पुनरुद्धारमा तत्कालै सहभागी हुनेलाई सम्पदा संरक्षण र प्रमाण अभिलेखीकरण बारे तालिम दिन प्रमुख भूमिका खेल्न सक्छ भन्ने कुरा स्पष्ट भएको छ जसले ऐतिहासिक वस्तुहरुलाई थप क्षति हुनबाट बचाउँछ ।

भूकम्पपछि पहिलो उद्धारमा सहभागी हुनेहरुको साथै स्वयंसेवक, सम्पदा स्थल व्यवस्थापक, आपतकालीन सेवाहरु संचालन गर्ने संस्था, सैनिक र प्रहरीहरु जस्ता उद्धारकर्ता समूहलाई समावेश गरी मानवीय उद्धारलाई पहिलो प्राथमिकतामा राखी कुनै पनि वैज्ञानिक औजारविना भग्नावशेषलाई सावधानीपूर्वक हटाउने बारे तालिम प्रदान गरिएको थियो । हामीले तिनीहरुलाई ऐतिहासिक सामग्री पुनःप्रयोग गर्ने बारे सिकाउँदै र करोडौं मूल्य पर्ने पुनःप्रयोग गर्न सकिने ईटाहरु खेर जानबाट रोक्न समेत सचेत गराएका थियौं ।

पशुपतिको गुरुज्यु सत्तलमा भूकम्पपछि उत्खनन् तालिम (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

पशुपतिको गुरुज्यू सत्तलमा विपत्तिपछिको पुरातात्विक उत्खननबाट तल देखिएको जगको स्पष्ट दृश्य (फोटो : डा. पावोलो फोर्लिन)

पशुपतिको गुरुज्यू सत्तलमा विपतपछिको पुरातात्विक उत्खननको लागि विकास गरिएको विधि (फोटो: दूरहाम यूनेस्कोका अध्यक्ष)

जतिबेला जहाँ सम्पदा स्थलहरु प्राकृतिक प्रकोप र द्वन्दको चपेटामा पर्ने खतरा रहेको हुन्छ त्यहाँ काठमाडौंमा विकास गरिएको यो विधि विश्वका अन्य मुलुकहरुमा समेत प्रभावकारी सिद्ध हुनेछ भन्ने आशा लिइएको छ ।

विपत्तिपछि क्षति भएको उत्तरी श्रीलंकाको जाफनाकिल्ला भित्रको क्रुइस केर्क मा नमूना अभ्यास (फोटो : दूरहाम यूनेस्को अध्यक्ष)

भग्नावशेषबाट पुनरुत्थान

भक्तजनहरुले हनुमानढोकाका संरक्षक देवता हनुमानको पूजा गर्दै (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

हाम्रो उत्खनन् कार्यबाट काठमाडौं उपत्यकामा स्मारकहरुको निर्माण गर्दा गरिने विभिन्न पूजा पद्धति प्रकाशमा आएका र काष्ठमण्डप तथा अन्य ऐतिहासिक संरचनाहरु निकै बलियो जग भएको र विगतमा शताब्दीऔं देखिका भूकम्पबाट कुनै क्षति नभएको जानकारीमा आएको छ ।

भग्नावशेषमा परिणत भइसक्दा पनि काष्ठमण्डप अझै दैनिक गतिविधि र पूजा पद्धति र आस्थाको केन्द्रको रुपमा रहेको उत्खननका समयमा देखिएको थियो । स्मारकको आधारपेटीको वरिपरि माला, फलफूल, हरियो तरकारी बेच्नेहरुको घुइँचो देखिनाले यसले अझै पनि स्थानीय बजारको कार्य गरिरहेको पाइयो ।

सम्याइएको इटाहरु मात्र कायम हुँदा पनि समय समयमा जात्रा, पर्व विविध संस्कारहरु सम्पन्न गरिराखिएको र जात्रापर्वको बेला परम्परागत बाटोको रुपमा पनि प्रयोग गरिरहेको छ । यी आर्थिक र सांस्कृतिक क्रियाकलापले भूकम्पबाट अवशेषको रुपमा परिणत हुँदा पनि काष्ठमण्डपप्रति स्थानीय बासिन्दा र सरोकारवालाको अभौतिक महत्वलाई प्रष्ट पार्दछ ।

काष्ठमण्डप पछाडि सयपत्रीफूल माला बेच्न बसेको दृश्य (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

काष्ठमण्डपको भग्नावशेष बिच बसेका पुरोहित (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

काष्ठमण्डपको भग्नावशेष वरिपरि गणेश खटजात्राको दृश्य (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

काष्ठमण्डपको सयपत्रीफूलको माला विक्रेता र पुरातत्वविद्ले कार्य गरिरहेको दृश्य (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

साथै काष्ठमण्डपले शहरको दैनिक जीवनपद्धतिसँग पनि सामन्जस्यता राख्दै काठमाडौंमा सामाजिक गतिशीलतालाई निरन्तरता दिन पनि महत्वपूर्ण भूमिका खेलेको छ । 

काष्ठमण्डप पुनर्निर्माण

हामीहरुको अनुसन्धान परिक्षणलाई काष्ठमण्डप पुनर्निर्माण समितिले प्रयोग गरेर सम्पदाहरुको पुनर्निर्माणको लागि उत्तम बाटो स्थापित गरेको छ। यसले पुनर्निर्माणको लागि परम्परागत र स्वदेशी प्रविधि ,कलाकर्मीको महत्ववारे प्रकाश पार्नुका साथै भूकम्पीय सुरक्षा र समग्रतामा कुशल कलाकर्मी र कलाकारहरुलाई समेत जोडिएको छ। यसमा जगमा माटोको जोडाईको प्रयोग ,चिसोबाट जोगाउन र रुखहरु उम्रिन नदिन तामाको प्रयोगको साथै किटाणुहरुबाट जोगाउने जस्ता कुराहरु समावेश छन्। पहिला हराएको र उपेक्षित गरिएको स्थानीय प्रविधि र स्वदेशी ज्ञानको सम्वन्धमा पुन:प्रकाशमा ल्याईदै काठमाण्डौको प्रमाणिकता अनावश्यक रुपमा नासभै राखेको छ र पुनर्निर्माण र अन्तर्राष्ट्रिय विपत्ति र राहत सम्बन्धी सहायता कार्य गर्ने बेला सम्पदाहरुको अमूर्तपक्ष नष्ट र भ्रष्ट भै राखेको छ भन्ने ICOMPS को चासोलाई पनि सहि ढंगले सम्वोधन गरेको छ ।

एकातर्फ उद्धार उत्खनन् कार्यक्रम मार्फत काष्ठमण्डपको गरिमामय विगतको इतिहास प्रकाशमा आएको छ भने अर्कोतर्फ वर्तमान समयमा विभिन्न समुदायहरुको लागि काष्ठमण्डपको सान्दर्भिकताको निरन्तरता पनि छ । काष्ठमण्डपको पुनर्निर्माण सम्पदा पुनर्निर्माण र क्षितिजको खाली ठाउँ भरेको मात्र नभई अमूर्त परम्परा र रितिरिवाजबाट काष्ठमण्डप र समुदाय बीचको अन्तर सम्वन्धलाई परिस्कृत वनाएको छ ।

काष्ठमण्डपको पुनर्निर्माणका लागि काठका नयाँ भागहरु काष्ठ कारिगरी गरिदै (फोटो: दूरहाम यूनेस्को अध्यक्ष)

image

काष्ठमण्डपको मध्यभागको काठको स्तम्भको तल राखिएको नयाँ तामापाता (फोटो :दूरहाम यूनेस्को अध्यक्ष)

काष्ठमण्डपको मुख्य स्तम्भहरु मध्ये एक नयाँ निर्माण गरी समुदायद्वारा संपदा स्थलमा लगिदै (फोटो :काई वाईजी)

काष्ठमण्डपमा काठका नयाँ स्तम्भहरु खडागर्नु पूर्व जीवितदेवी कुमारीबाट शुद्धीकरणको कार्य गरिदै। (फोटो: काई वाईजी)

काष्ठमण्डपमा काठका नयाँ स्तम्भहरु खडागर्नु पूर्व जीवितदेवी कुमारीबाट शुद्धीकरणको कार्य गरिदै। (फोटो: काई वाईजी)

हामीहरुको अनुसन्धान परिक्षणलाई काष्ठमण्डप पुनर्निर्माण समितिले प्रयोग गरेर सम्पदाहरुको पुनर्निर्माणको लागि उत्तम बाटो स्थापित गरेको छ। यसले पुनर्निर्माणको लागि परम्परागत र स्वदेशी प्रविधि ,कलाकर्मीको महत्ववारे प्रकाश पार्नुका साथै भूकम्पीय सुरक्षा र समग्रतामा कुशल कलाकर्मी र कलाकारहरुलाई समेत जोडिएको छ। यसमा जगमा माटोको जोडाईको प्रयोग ,चिसोबाट जोगाउन र रुखहरु उम्रिन नदिन तामाको प्रयोगको साथै किटाणुहरुबाट जोगाउने जस्ता कुराहरु समावेश छन्। पहिला हराएको र उपेक्षित गरिएको स्थानीय प्रविधि र स्वदेशी ज्ञानको सम्वन्धमा पुन:प्रकाशमा ल्याईदै काठमाण्डौको प्रमाणिकता अनावश्यक रुपमा नासभै राखेको छ र पुनर्निर्माण र अन्तर्राष्ट्रिय विपत्ति र राहत सम्बन्धी सहायता कार्य गर्ने बेला सम्पदाहरुको अमूर्तपक्ष नष्ट र भ्रष्ट भै राखेको छ भन्ने ICOMPS को चासोलाई पनि सहि ढंगले सम्वोधन गरेको छ ।

निर्णयकर्ता, अभ्यासकर्ता, प्राज्ञ कलाकर्मी र स्थानीयवासिन्दाहरुले थुप्रै पाठ सिकिएको छ ।साथै काठमाण्डौ उपत्यका र त्यस भन्दा वाहिर पनि उत्तिकै सान्दर्भिक हुने थुप्रै विस्तारित ज्ञान पनि पाईएको छ ।यी मध्ये केही वेलायतको राष्ट्रिय आयोगले यूनेस्कोको निति तथा अभ्याससम्बन्धी सम्पदा, विपत्तिको प्रतिकृया र पुर्नउत्थान र ए.एच.आर.सि. को संलग्नतामा विकास गरेको हो।

यसका मुख्य दृष्टि कोणहरु निम्न लिखित थिए ।

एक: मूर्त र अमूर्त सांस्कृतिक र प्राकृतिक सम्पदा आकस्मिक तयारी र पुनरुत्थानका लागि अमुल्य श्रोतहरु हुन्।

दुई: विपत्ति पछिको पुनरुद्धार र पुनरुत्थानको प्रभावकारीता समावेशी, स्थानीय र सांस्कृतिक हिसावले उचित विधिमा भर पर्दछ।

काठमाण्डौ उपत्ययकामा विपत्तिपछि गरिएको स्थलगत अध्ययनबाट यी पाठहरु विश्वव्यापी रुपमा रहेका चुनौतिहरुको लागि सान्दर्भिक छन्।

यो हालसालै संस्कृति, सम्पदा र जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय सहप्रयोजन वैठकमा छलफल भएको विषय हो।जसको प्रयोजन आइ. पी.सि.सि.,यूनेस्को र इकोमसले गरेको थियो।जसले वैज्ञानिक र स्थानीय ज्ञान वा प्रविधिलाई एकीकरण गर्दा विगतलाई बुझ्न सहयोग हुनुका साथै सांस्कृतिक सम्पदा एवं तिनका समुदायहरुलाई जलवायु परिवर्तनको सामुन्ने भविष्यमा अनुकूल युक्त संरक्षण र सम्वर्द्धनमा सहयोग पुर्र्याएको छ ।

काष्ठमण्डपले वैज्ञानिक र पुरातात्विक अध्ययनको महत्वलाई स्पष्ट पारेको छ। विशेष गरी त्यस्ता पक्षहरुमा जहाँ इतिहास र संस्कृति सतहमूनि जोडिएर रहेका हुन्छन्।

यसले काष्ठमण्डपको निर्माणको समय सम्बन्धमा रहेको विवादलाई वैज्ञानिक समाधान गर्न सहयोग पुर्र्याउनुका साथै काष्ठ मण्डपको इतिहास अझ अगाडिसम्म पुर्र्याएको छ।

यसका साथै अनुसन्धानले काष्ठमण्डप भत्कनुको सम्भावित कारणलाई पनि संकेत गरेको छ। समय समयमा मर्मतको कमी र अनावश्यक जथाभावी रुपमा गरिएको संरक्षण र थपघटको कारणले काष्ठमण्डप भत्किएको स्पष्ट भएको थियो।

काष्ठमण्डप हिउँको पहाड फोड्ने एउटा उदाहरण हो।

नेपालभरी यस्ता थुप्रै स्मारकहरु र पुरातात्विक स्थलहरु छन् जसले पुरातात्विक अध्ययनको प्रतिक्षा गरिरहेका छन्। जसबाट विगतको इतिहासका ठूल-ठूला तथ्यहरु उजागर हुन सक्छन्। सम्पदासम्बन्धी ठोस नीतिको अभावले सम्पदाका संरचनाहरु निरन्तर रुपमा अतिक्रमण र नास भइरहेका छन्।

श्री राजेश शाक्य, प्रदेश सभा सदस्य।

वागमती प्रदेशका माननीय र काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष श्री राजेश शाक्यद्वारा मण्डला आकृतिको सुनको गोलो पाता हातले समातेको दृश्य। यी सुनका गोलो आकृति भएका पाताहरु चारकुनामा भएका काष्ठ स्तम्भहरु खडागर्नु पूर्व ढुंगाको इंलोहको प्वालमा राखिएका थिए। (फोटो :काई वाईजी)

काष्ठमण्डपको पुनर्निर्माणको क्रममा काठको भागलाई उठाउँदै। (फोटो :काई वाईजी)

काष्ठमण्डपबाट उद्धार गरिएको मूलस्तम्भको जस्तै गरी नयाँ स्तम्भमा काष्ठ कारिगरी गरिदै। (फोटो :दूरहाम यूनेस्को अध्यक्ष)

काष्ठमण्डपको मध्यभागको काठको स्तम्भ ढुंगाको इलोह माथि राखिदै ( (फोटो :काई वाईजी)

काष्ठमण्डपमा भएको काष्ठकलाकृति कारिगरी (फोटो :काई वाईजी)

कलाकर्मीद्वारा काष्ठकला पुनर्निर्माणको कार्य । (फोटो :काई वाईजी)

काष्ठमण्डपको पुनर्निर्माणको क्रममा वज्रयानको धेरै विधि विधान मध्ये एक अनुष्ठान गर्दै । (फोटो :काई वाईजी)

काष्ठमण्डपलाई पुनःप्राणप्रतिष्ठा गर्नका लागि भिक्षू, भिक्षूणी एवं सर्वसाधारणद्वारा सप्तविधानोत्त पूजा र प्रार्थना समारोह (फोटो : दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)

पुनर्निर्माणको क्रममा काष्ठमण्डप (फोटो : दूरहाम यूनेस्कोका अध्यक्ष)

पुनर्निर्मित काष्ठमण्डप (फोटो :काई वाईजी)

"मानवीय र प्राकृतिक विपत्ती पछीको प्रतिकार्य योजनामा सम्पदा अनुसन्धान र संरक्षण लाई नजर अन्दाज गरिन्छ……… खासै महत्व नदिएको पुरातत्व र सम्पदा विज्ञानले शहरी पूर्वाधारमा जलवायू परिवर्तनले विगतमा पारेको प्रभाव बुझ्ने ठोस उपाय हो साथै तीनले आधुनिक शहर र तीनका वासिन्दाहरुको अनुकुलन बुझ्न पनि सहयोगी हुने गर्दछ ।"

कनिगघम र वाइजी (२०२२:३४)

भूमण्डलिय अनुसंन्धान र कार्यको कार्यसूची अन्तर्गत यूनेस्को,आइ.पि.पि.सि-इकोमस इन्टरनेशनल द्धारा सहप्रायोजित संस्कृति,सम्पदा र जलवायु परिवर्तन सम्बन्धि बैठक

बाढी द्धारा सन् २०२२ को सेप्टेम्बरमा पाकिस्तानमा रहेको मोहनजोडादोको क्षतिग्रस्त किल्ला(फोटो साभार:डाँ अब्दूल अजिम, महार्निदेसक)

भग्नावशेषबाट पुनरुत्थान’ यूनेस्को पुरातात्विक नैतिकता र सांस्कृतिक सम्पदा संरक्षणमा यसको अभ्यास(दुरहाम विश्वविद्यालय), पुरातत्व विभाग (नेपाल सरकार), पूर्वीय संग्रहालय (दुरहाम विश्वविद्यालय) तथा स्टर्लिङ विश्वविद्यालय लगायतका संघ–संस्था संलग्न संयुक्त प्रदर्शन हो ।

प्रा. रोविन कनिङघम्, डा. क्रिष्टोफेर डेभिज, श्री कोष प्रसाद आचार्य, श्री राम बहादुर कुँवर, डा. क्रेग बार्क्ले, श्रीमती राशेल बार्क्ले, सुश्री एनी जोशी, श्री काइ वाइजी, श्रीमती अरुणा नकर्मी र प्रा. इयान सिम्पसन बाट यो प्रदर्शनीको तयारी गरिएको थियो । online प्रदर्शनी श्री डेभिड राईटको सहयोगमा तयार भएको हो ।

यो online प्रदर्शनी विगतमा दूरहाम विश्व विद्यालय ओरियन्टल संग्रहालय र हनुमानढोका दरवार संग्रहालयको ढुकुटीमा गरिएको प्रदर्शनीबाट विकास गरिएको हो।

काष्ठमण्डप र काठमाण्डौ उपत्यकाभरी विपत्ति पछिको पुरातात्विक अनुसन्धान काठमाण्डौको समुदाय र क्षेत्रगत रुपमा कार्य गर्ने टोलीको सहयोग विना संभव हुने थिएन ति टोलीमा कार्य गर्ने सदस्यहरु:

श्रीमती मञ्जुसिंह भण्डारी, डाँ. पाओलो फोरलिन, सुश्री अनुक लाफरचुन वर्नार्ड, डाँजेनिफर ट्रेम्ले फिटन, श्री भास्कर ज्ञवाली, प्रो. के कृसनन, डा. मार्क भेनुअल, श्रीमती सौभाग्य प्रधानाङ्ग, डाँ. निना मिरनिग, श्रीमती मंगला प्रधान डाँ. अरमिन स्मिथ र डाँ किचा स्ट्रीकलेण्ड

हामीहरु निम्न लिखित संस्थाहरुले क्षेत्रगत रुपमा गरेको सहयोगको लागि आभार व्यक्त गर्दछौ। नेपाल सरकार पुरातत्व विभाग, इकोमस नेपाल, दूरहाम विश्वविद्यालय, स्टर्लिङ्ग विश्वविद्यालय, यूनेस्को काठमाण्डौको साथै हाम्रा सहयोगीहरु, पशुपति क्षेत्र विकासकोष, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, एम. एस. विश्वविद्यालय, वरौडा, (भारत) लाट्रोव विश्वविद्यालय, (अष्ट्रेलिया), केन्द्रिय सांस्कृतिक कोष, (श्रीलंका सरकार) पुरातत्व विभाग, राष्ट्रिय संग्रहालय र पुस्तकालय,(म्यानमार सरकार) लुम्विनी विश्वविद्यालय र त्रिभूवन विश्वविद्यालय ।

हामीहरु यी संस्थाहरुका साथ साथै रोयल एसियटिक सोसाइटी अफ ग्रेट व्रिटेन र आयरल्यान्ड,अब्दूल अजिम, प्रो प्रशान्त गुणावर्दना र स्वर्गीय चार्ल्स एलेन लाई यो प्रदर्शनीका लागि गरेको सहयोग र योगदानका लागि आभार व्यक्त गर्दछौं ।

यो प्रदर्शनी आर्ट एण्ड रिसर्च काउन्सिल (बेलायत) ग्लोबल च्यालेन्जेज रिसर्च फण्ड (AH/POO6256/1) तथा नेशनल जिओग्राफिक सोसाइटी कन्जरभेसन ट्रष्ट एवार्ड (#C333-16) British Academy Global Challenges Research Fund's Project Reducing Disaster Risk to life and livelihoods by Evaluating the Seismic Safety of Kathmandu's Historic Urban Infrastructure (CI170241). बाट प्रायोजन गरिएको परियोजना “के हामी काष्ठमण्डप पुनः बनाउन सक्छौं ?” को एक भाग हो ।

हनुमानढोका दरवार संग्रहालय विकास समितिद्वारा प्रायोजित यो प्रदर्शनीमा यूनेस्को काठमाण्डौ, the Alliance de Protection du Patrimoine Culturel Asiatique, Durham University’s Institute of Medieval and Early Modern Studies (IMEMS) पशुपति क्षेत्र विकास कोषबाट समेतको थप आर्थिक सहयोगले सनञ्चालित परियोजनाहरुको उपलब्धि र सूचनाहरु समाविष्ट छन् ।

यो प्रदर्शनीमा रहेका सम्पूर्ण विषयवस्तुहरु र फोटोग्राफ सहमति विना प्रकाशित गर्न पाईने छैन। प्रदर्शनी वनोटको प्रकाशन प्रतिलिपि अधिकार दूरहाम विश्वविद्यालयमा रहनेछ।

यो प्रदर्शनीमा रहेका सम्पूर्