भग्नावशेषबाट पुनरुत्थान
२०७२ को भूकम्पछि काष्ठमण्डप र यसको विगतको पुनर्निर्माण
२०७२ साल वैशाखको गोरखा केन्द्रविन्दु रहेको भूकम्प मानवताको लागि ठूलो विपत्ती हो, जसले नेपालको ठूलो भू–भागमा क्षति पुर्र्याउनुको साथै मानिसको जीवन र जीवन पद्धतिमा समेत असर पुर्र्यायो । यो प्राकृतिक प्रकोप सांस्कृतिक विनाश पनि थियो जसमा काठमाडौं उपत्यका विश्व सम्पदा स्थलसहित धेरै ठाउँका सम्पदाहरु क्षतिग्रस्त भए ।
ऐतिहासिक महत्वका यी सम्पदाहरु पर्यटन मार्फत् नेपालको कमजोर अर्थव्यवस्थालाई उकास्ने आधारहरु हुन् र स्थानीय बासिन्दाहरुको दैनिक जीवन पद्धति र धार्मिक-सांस्कृतिक क्रियाकलाप गर्ने केन्द्र पनि हुन् । उनीहरुको सामाजिक र आर्थिक भूमिकाले यस्ता सम्पदाहरु तत्कालै पुनर्निर्माण गर्नका लागि दवावहरु आइरहेको र यसै सन्दर्भमा करिब २.९ मिलियन अमेरीकी डलर दिने भनी अन्तर्राष्ट्रिय दाताहरुले प्रतिवद्धता जाहेर गरेका छन् । यी सम्पदाहरु किन भत्किए, कसरी बनाइएका थिए , कसरी समयानुकुल ग्रहण गर्दै गइए, र के ती सम्पदाहरुको जगमा विगतमा भएका क्षतिहरु सम्बन्धी केही प्रमाणहरु छन्, जस्ता प्रश्नको खोजी गर्न यति ठूलो रकमको नगन्य अंश पनि छुट्याइएको छैन, जवकी भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणको सम्बन्धमा कुरा गर्नु यी गम्भिर विषयहरु हुन् ।
त्यसैगरी, पुनर्निर्माणको क्रममा अभिलेखीकरण नगरी सम्पदाहरुका प्राचीन जगहरु हटाई नयाँ निर्माण सामग्रीहरु प्रयोग गरी नयाँ जग बनाउने प्रवृतिले काठमाडौं उपत्यकाको प्राचीन इतिहासका प्रमाणहरु हराउने जस्ता सांस्कृतिक विनाशको अर्को गम्भिर चुनौति देखिएको छ ।
भग्नावशेषबाट पुनरुत्थान प्रदर्शनीले भूकम्पपछि पुनर्निर्माणको प्रक्रियामा विश्व सम्पदा स्थलमा देखिएका चुनौतिहरुको साथै भूकम्पबाट जोगिएका सम्पदाहरुलाई यथास्वरुपमा संरक्षण गर्ने उत्तरदायित्व र अवस्थालाई प्रकाश पारेको छ ।
पुरातत्व विभाग, दूरहाम विश्वविद्यालय र स्टरलिङ्ग विश्वविद्यालयले काठमाडौंका विभिन्न ठाउँमा भूकम्पपछि २०७२ र २०७३ मा गरेको अनुसन्धानको अनुभवबाट किन कुनै सम्पदाहरु भत्किए, तिनीहरुलाई कसरी दोस्रो सांस्कृतिक प्रकोप विना पुनरुत्थान गर्न सकिन्छ भन्ने जस्ता विषयहरुलाई पुरातत्व विधाले निक्र्यौल गर्न सक्ने देखिएको छ ।
यो प्रदर्शनीमा एकल सम्पदाको रुपमा रहेको काष्ठमण्डपको उत्पत्तिदेखि भत्केसम्मको इतिहासलाई समेटेको छ, जसमा फोटोग्राफीको संकलन, व्यक्तिगत संस्मरण, भूकम्पपछिको उद्धारमा तत्काल संलग्न व्यक्तिहरु, सम्पदासम्बन्धी विज्ञहरु, पुरातात्विक अनुसन्धान टोली, स्थानीय बासिन्दाहरु र सरोकारवालाहरुको सन्दर्भ छ ।
पहाडहरुको काखमा अवस्थित काठमाडौं उपत्यकामा रहेका ७ वटा सम्पदा स्थलहरु सन् १९७९ मा यूनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत भएका थिए ।
हनुमानढोका दरवार, पाटन दरवार, भक्तपुर दरवार, बौद्धनाथ स्तुप, स्वयम्भू स्तुप, चाँगुनारायण र काठमाडौंको प्रमुख घाट स्थल सहितको पशुपतिनाथ विश्व सम्पदाभित्र पर्दछन् र पछि गएर पशुपति क्षेत्रका घाटहरुलाई पनि यसमा समावेश गरिएको देखिन्छ ।
यूनेस्कोले यी सम्पदाहरुलाई तिनमा निहीत विशिष्ट र अलग विशेषताहरुको कारणबाट विश्व सम्पदामा सूचीकृत गरेको हो । यी सम्पदाहरु काठमाडौं उपत्यकाका बासिन्दाहरुद्वारा काठ, ईटा, झिंगटी र ढुंगामा गरिएको अलंकृत कलाकारितायुक्त विशिष्ट निर्माण प्रविधिका कला र वास्तुकलाको परम्पराको अभिव्यक्ति हो ।
अलंकृत, कलाकृतियुक्त यी जीवन्त सम्पदाहरुले स्वर्गले पृथ्वीलाई स्पर्श गर्ने प्रवेशद्वारको रुपमा प्रतिनिधित्व गरेको र यस्ता स्थलहरुमा सर्वसाधारण मानिस पुग्न सक्ने र देवीदेवतासँग वार्ता गर्ने ठाउँ समेत भएको अमूर्त मूल्य मान्यता रहेको छ । यसरी यी सम्पदाहरुले हजारौं स्थानीय मानिसहरुको जीवन पद्धतिमा मुख्य भूमिका खेलेका छन् ।
यी स्थलहरु नेपालको कमजोर अर्थ व्यवस्थाका महत्वपूर्ण अंशहरु थिए जसबाट पर्यटन मार्फत ९१३ मिलियन अमेरीकी डलर वार्षिक आम्दानी हुने गर्दथ्यो र २०७२ सालको भूकम्पभन्दा पहिले कूल गार्हस्थ उत्पादनको ८ प्रतिशत सम्पदा स्थलबाट प्राप्त हुन्थ्यो ।
२०७२ को भूकम्प
२०७२ साल बैशाख १२ गते शनिवार नेपाली समय अनुसार दिनको ११:५६ बजे गोरखालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पले काठमाडौंको आकाशलाइ नै परिवर्तन गरिदियो । ७.८ रेक्टर स्केलको यो भूकम्पले ९ हजार भन्दा बढी मानिसहरुको ज्यान लियो । यसको अतिरिक्त २० हजार भन्दा बढी मानिसहरु घाइते भए र ५ लाखभन्दा बढी घरहरु क्षतिग्रस्त भए ।
भूकम्पबाट नेपालभरि करिब ६९१ सम्पदाहरु क्षतिग्रस्त भए जसमध्ये काठमाडौं उपत्यकाका विश्व सम्पदा क्षेत्रका समेत १३१ सम्पदाहरु पूर्णरुपमा भत्किए । करिब १२९ मिलियन डलर बराबरका सांस्कृतिक सम्पदाहरु क्षतिग्रस्त भएका थिए ।
भूकम्पबाट क्षति, भक्तपुर दरवार (फोटोः दूरहाम यूनेस्को अध्यक्ष)
भूकम्पबाट क्षति, भक्तपुर दरवार (फोटोः दूरहाम यूनेस्को अध्यक्ष)
भूकम्पबाट दरवारमा भएको क्षति, हनुमानढोका दरवार क्षेत्र (फोटो:काई वाईजी)
भूकम्पबाट दरवारमा भएको क्षति, हनुमानढोका दरवार क्षेत्र (फोटो:काई वाईजी)
भूकम्पबाट ध्वस्त भिमसेन स्तम्भ र काष्ठमण्डप भित्ते चित्रमा (फोटोः दुरहाम यूनेस्को सम्बन्धी अध्यक्ष)
भूकम्पबाट ध्वस्त भिमसेन स्तम्भ र काष्ठमण्डप भित्ते चित्रमा (फोटोः दुरहाम यूनेस्को सम्बन्धी अध्यक्ष)
फ्रिक गल्लीमा अस्थायी टेकाहरु, काठमाण्डौ (फोटोः दुरहाम यूनेस्को सम्बन्धी अध्यक्ष)
फ्रिक गल्लीमा अस्थायी टेकाहरु, काठमाण्डौ (फोटोः दुरहाम यूनेस्को सम्बन्धी अध्यक्ष)
जैसिदेवलको भग्नावषेश, हनुमानढोका (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)
जैसिदेवलको भग्नावषेश, हनुमानढोका (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)
भूकम्पबाट क्षतिग्रस्त राधाकृष्ण मंन्दिरको भग्नावशेष सफा गरिदै, पाटन (फोटो: काई वाईजी)
भूकम्पबाट क्षतिग्रस्त राधाकृष्ण मंन्दिरको भग्नावशेष सफा गरिदै, पाटन (फोटो: काई वाईजी)
काठमाडौंको केन्द्रमा रहेको मध्यकालीन हनुमानढोका दरवार क्षेत्र काठमाडौं उपत्यकामा रहेका विश्व सम्पदाहरुमध्ये भूकम्पबाट सबैभन्दा बढी क्षतिग्रस्त भएको थियो ।
यस क्षेत्रमा रहेका ९७ वटा संरक्षित मध्ये ३९ वटा सम्पदाहरु क्षतिग्रस्त भए, जसमध्ये यस क्षेत्रको मूल पहिचान रहेको काष्ठमण्डप जसको नामबाट काठमाडौंको नामाकरण भएको मानिन्छ, लगायत ११ वटा सम्पदाहरु पूर्णरुपमा भत्किए ।
काष्ठमण्डप
प्रष्ट पहिचान गर्न सकिने काष्ठमण्डप काठमाडौं र सिंगो देश नेपालकै लागि एउटा महत्वपूर्ण रचना र पहिचान बनेको थियो जसको चिन्ह पत्रपत्रिका, वायुसेवा, टेलिभिजन च्यानल, बैंक, पसल आदिले ग्रहण गरेका थिए । प्राचीन व्यापार मार्गमा अवस्थित यो मण्डपको निर्माण एउटा सत्तलको रुपमा भएको थियो, पछि शैव धर्म अन्तर्गतका गोरखानाथ सम्प्रदायका गुरु गोरखनाथको मूर्ति प्रतिस्थापन गरियो ।
काठमाडौं उपत्यकाको सबैभन्दा पुरानो जीवन्त सम्पदा मानिने यो मण्डपलाई १२औं शताब्दीमा एउटै काठबाट निर्माण भएको भनी स्थानीय परम्परा, मान्यता र साहित्यिक स्रोतहरुले उल्लेख गरेका छन् । आरम्भिक अनुसन्धानहरुले वास्तुकला र साहित्यिक स्रोतमा आधारित इतिहासलाई मात्र प्रकाश पारेको देखिन्छ जसले यो सम्पदाको भौतिक विकास र आरम्भिक समयको संरचना निर्माणका चरणहरु र हालको जगभन्दा तल भएका संरचनाहरुको बारेमा उल्लेख गरेको थिएन ।
वहुआयामिक कार्य हुने गरेको यो सत्तलमा शुरुमा सभाकक्षको रुपमा एवं राज्याभिषेकको लागि प्रयोग गरिन्थ्यो भन्ने विश्वास रहेको छ तर पछिल्लो शताब्दीमा यसको वरिपरि पसलहरु राखिए र व्यापारिक केन्द्रको रुपमा विकास भएको देखिन्छ ।
यद्यपि काष्ठमण्डपमा स्थायी रुपमा त कोही पनि बस्ने गरेका थिएनन् तर विनाशकारी भूकम्प आएको दिन २०७२ साल बैशाख १२ गते शनिबार विहान उक्त ठाउँमा रक्तदान कार्यक्रम चलिरहेको थियो । यो घटनामा काष्ठमण्डपभित्र करिब ६० जना परेको र मृतक र घाइतेहरुलाई भग्नावशेषबाट उद्धार गर्न तुरुन्तै बुलडोजर लगायतका ठूल्ठूला यान्त्रिक उपकरणहरु प्रयोग गरिएको थियो ।
गल्लीहरुमा प्रवेश गर्नको लागि बाटो बनाउने क्रममा यत्रतत्र छरिएका ईटाहरु, झिंगटीहरु, काठ, ढुंगाका वास्तुअंशहरु कुनै अभिलेखीकरण विना हटाइए जसले गर्दा केही हराए भने केही नयाँ सामग्रीहरुसँग मिसिएर गए ।
ऐतिहासिक महत्वको भग्नावशेष ओसारिदै, हनुमानढोका दरवार क्षेत्र (फोटोः काई वाईजी)
केही क्षतिग्रस्त भएका सम्पदाहरु मानिसहरुको सुरक्षालाई ध्यान दिंदै अभिलेखीकरण विना नै जानीबुझी भत्काइए परिणामस्वरुप भूकम्पबाट क्षति हुनबाट जोगिएका सम्पदाहरु समेत नाश हुन पुगे ।
भग्न मन्दिरलाई अभिलेखीकरण नगरी भत्काइरहेको दृश्य, पशुपति (फोटो साभार : पशुपति क्षेत्र विकास कोष)
उद्वार गरिएका काठ, हनुमानढोका (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)
लगातारको पराकम्पबाट त्रसित मानिसहरु खुला आकाशमुनि आश्रयको निम्ति स्मारकका भग्नस्थलमा बस्न थाले । त्यसपछि स्मारकभित्रै वा नजिकै इन्जिनियरहरुले खाल्डो खन्न थाले । यसो गर्दा त्यहाँबाट हटाइएको/निकालिएको सामग्रीको कुनै अभिलेखीकरण गरिएन ।
अभिलेखीकरण नगरी भत्काउने र पुनर्निमाण भैरहेको दृश्य, बौद्धनाथ स्तूप (फोटोः माल्डरेड डेभिस)
अभिलेखीकरण नगरी ईन्जिनियरद्वारा जग खनिएको दृश्य हनुमानढोका दरवार क्षेत्र (फोटोः दूरहाम विश्वविद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)
यस्ता कार्यको प्राचीन सांस्कृतिक तहहरुलाई विनाश गर्र्यो र दोस्रो सांस्कृतिक विपत्ति निम्त्यायो र काठमाडौं आरम्भिक इतिहास नष्ट भयो ।
राष्ट्र पुनर्निर्माणमा एउटा प्रतीक
काष्ठमण्डप तुरुन्तै समुदायको पुनरुत्थान र सामूहिक स्मरणको विषय बन्यो । यसबाहेक छिटोभन्दा छिटो राष्ट्र पुनर्निर्माणका लागि यो एउटा सबैको मागको सांकेतिक प्रतीक बन्न पुग्यो ।
भूकम्पले केही सेकेण्डमा सम्पदाहरुमा जुन क्षति पुर्र्यायो यदि पुनर्निर्माणमा अनावश्यक हतार गर्र्यौं भने त्यस्तै खाले अर्को सांस्कृतिक विनाश हुनेछ । साथै यी सम्पदाहरुसँग सम्बन्धित नजानिएका कथ्य र तथ्यहरु सदाका लागि नाश हुनेछन् जुन पुनरुत्थानका लागि महत्वपूर्ण सहयोगी हुन सक्दथे ।
सरकारबाट भूकम्पपछिको पुनर्निर्माणमा ६ वर्षको समयावधि राखेको परिप्रेक्ष्यमा यी सम्पदाहरुको मौलिकता र इतिहास सदाकालको लागि नाश हुन नदिन पुनर्निर्माण पूर्व यिनको अनुसन्धान अपरिहार्य रहेको छ ।
२०७२ को भूकम्प अघि काष्ठमण्डप र काठमाडौंमा अवस्थित अधिकांश स्मारकहरु सम्बन्धी ज्ञान ऐतिहासिक ग्रन्थ र स्थानीय परम्परागत कथाबाट संकलन गरिएका थिए । जिवन्त सम्पदाहरु भएको हुनाले तिनीहरुको भौतिक अवस्था, सम्पदाको जग, आरम्भिक समयमा विकास भएका चरणहरु बारे अध्ययन सम्भव थिएन ।
काष्ठमण्डप पुनर्निर्माणको सम्बन्धमा उत्तम बाटो खोज्नु पूर्व माथि हेर्नु भन्दा जमीनको सतहमुनि हेर्नु आवश्यक देखिन्छ ।
यस्ता किसिमका चुनौतिमूलक प्रश्नहरुको जवाफ दिन दुरहाम विश्वविद्यालयका यूनेस्को अध्यक्ष, नेपाल सरकार, पुरातत्व विभाग तथा स्टर्लिङ्ग विश्विद्यालय संलग्न भई काठमाण्डौ उपत्यका विश्व सम्पदा स्थलभित्र काष्ठमण्डपसहित क्षतिग्रस्त सम्पदा क्षेत्रमा लगातार दुई सत्र उद्धार उत्खनन् संचालन गरिएको थियो ।
तल हेरौं माथि होइनः पुरातात्विक प्रतिक्रिया
काठमाडौं उपत्यकामा भूकम्प अघिका अध्ययन र अभिलेखीकरणका कार्यहरु भित्रीरुपमा नभई बाहिरीरुपमा मात्र भएका थिए । तर उद्धार अनुसंधान टोलीले भत्किएको सम्पदाको बारेमा बुझ्न माथि होइन तल हेरेर जगको अवस्था, किन त्यो सम्पदा भत्कियो, सम्पदाहरुको अभिलेखीकरण र तिनीहरुको विकास र भूकम्पीय वातावरणसँगको अनुकूलता बारे अनुसन्धान गरेको थियो ।
पुरातत्वले आरम्भिक विकासका प्रमाणहरु प्रकाशमा ल्याउँछ भनी आशा गरिएको थियो । यसको अतिरिक्त भू–पुरातत्वविद्ले माटोबाट निकालिएका नमूनाहरुलाई अध्ययन गरी तिथि निर्धारणका प्रमाणहरु र वातावरणीय विकासको क्रम पत्ता लगाउन सक्छन् भन्ने आशा थियो ।
वहुविधागत अनुसन्धान टोलीले भू–भौतिक सर्वे, उत्खनन् र भू–पुरातत्व जस्ता विभिन्न विधिहरु प्रयोग गरेको थियो । काष्ठमण्डप जस्ता पूर्णरुपमा भत्किएका सम्पदाहरुको जगको मजवुती जान्न र किन यी संरचनाहरु भूकम्पबाट भत्किन पुगे भनेर बुझ्नको लागि उत्खनन् कार्य लक्षित थियो ।
हाम्रो अनुसन्धानले सफलतापूर्वक काठमाडौं उपत्यकाको आरम्भिक इतिहासको सम्बन्धमा अति महत्वपूर्ण नयाँ सूचनाहरु प्रकाशमा ल्याएको छ । साथै पुनर्निर्माण कार्यको लागि इन्जिनियर र वास्तुकलाविद्को लागि अन्तरदृष्टि प्रकाशमा ल्याएको छ ।
काष्ठमण्डपमा उद्वार उत्खनन् गरिदै, (फोटोः दूरहाम विश्व विद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)
काष्ठमण्डपमा उद्वार उत्खनन् गरिदै, (फोटोः दूरहाम विश्व विद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)
काष्ठमण्डपबाट माटो नमूना लिइदै । (फोटोः स्टर्लिङ्ग विश्वविद्यालय)
काष्ठमण्डपबाट माटो नमूना लिइदै । (फोटोः स्टर्लिङ्ग विश्वविद्यालय)
हनुमानढोका दरवार परिसरमा गरिएको जी.पी आर. सर्वेक्षण। (फोटोः दूरहाम यूनेस्कोका अध्यक्ष)
हनुमानढोका दरवार परिसरमा गरिएको जी.पी आर. सर्वेक्षण। (फोटोः दूरहाम यूनेस्कोका अध्यक्ष)
काष्ठमण्डपबाट प्राप्त वस्तुहरु अभिलेखीकरण गरिदै (फोटोः दूरहाम विश्व विद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)
काष्ठमण्डपबाट प्राप्त वस्तुहरु अभिलेखीकरण गरिदै (फोटोः दूरहाम विश्व विद्यालयका यूनेस्को सम्बन्धी अध्यक्ष)